३३ किलो सुन तस्करी र सनम हत्या प्रकरणः एसएसपी लोहनीलाई साधारण तारेखमा छोड्न उच्च अदालत आदेश



प्रकाशित मिति : Sep 14, 2018

विराटनगर, २९ भदौ । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनीलाई उच्च अदालत, बिराटनगरले साधारण तारेखमा छोड्न आदेश दिएको छ ।

सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई महाशाखाका डिएसपी प्रजित केसी, सर्इ बालकृष्ण सञ्जेल लगाएत एसपी लोहनीले बचाउने प्रयास गरेको आरोप लागेको थियो ।

शुक्रबार मोरङ जिल्ला अदालतको आदेश उल्ट्याउँदै न्यायाधीश नागेन्द्रलाभ कर्ण र शारङ्गा सुवेदीको संयुक्त इजलासले लोहनीलार्इ थुनामुक्त गर्ने आदेश दिएको हो । लोहनी गत १९ वैशाखमा पक्राउ परेका थिए ।

लोहनीले थुनामुक्त हुन पाउँ भन्दै उच्च अदालतमा गत ७ असारमा निवेदन दिएका थिए । उनी तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख थिए । गृह मन्त्रालयका सह-सचिव र्इश्वरराज पौडेलको नेतृत्वमा गठित समितले सुन तस्करी र शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न उनलाई बयानका लागि बोलाएको थियो । बयानपछि लोहनीलाई पक्राउ पूर्जी थम्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com