व्यावसयीको हत्या हुनेक्रम बढ्दै, कैलालीमा अर्का ब्यावसायीको हत्या



प्रकाशित मिति : Sep 14, 2018

कैलाली । झापामा एक ब्यावसायीको हत्या भएको एक साता नबित्दै कैलालीमा अर्का व्यावसायीको हत्या भएको छ । गएराति स्थानीय जोशीपुर बजारमा किराना पसल सन्चालन गर्दै आएका ३५ वर्षका रामप्रसाद ओझाको हत्या भएको हो । हत्या भएका ओझाको घाँटीमा निलो डाम देखिएकोले उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए ।

१० वर्षदेखि व्यवसाय गर्दै आएका ओझाले भारु सटहीको समेत काम गर्ने गरेको स्थानीय बताउँछन् । ओझाकी पत्नी भने दुई छोरा पढाउन टीकापुरमा डेरा गरेर बस्दै आएकी छन् । स्थानीयका अनुसार ओझा बिहीबार राति ११ बजेसम्म जोशीपुर बजारमा भएको नाच हेरेर घर फर्किएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्


Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com