फिल्म ‘पेशा’को शुभ साइत सम्पन्न



प्रकाशित मिति : Sep 13, 2018

काठमाडौँ । फायर ईन्टरप्राइजेज प्रा.लिको ब्यानरमा फिल्म ‘पेशा’ बन्ने भएको छ । विश्वदिप घिमिरेले निर्देशन गर्ने यस फिल्मलाई हरितालिका तीजको अवसर पारेर बुधबार काेटेश्वरको महादेवस्थानमा शुभ साइत सम्पन्न गरिएको छ ।

फिल्म ‘पेशा’मा रोजन रखाल, प्रशान्त यादव, बालकृष्ण बन्जारा, पुरब बन्जारा, निशा सुनुवार, सरगम तामांग तथा अनिता रसाइलीको अभिनय रहनेछ । चेलिबेटी बेचबिखनको कथामा निर्माण हुने यस फिल्ममा रोजन रखालको प्रस्तुति तथा जीएस आलेको निर्माण रहने छ । त्यस्तै फिल्ममा जनक पाख्रिनको नृत्य निर्देशन, राजु जंग थापाको द्वन्द, टिकाराम रखालको लेखन, टंक बुढाथोकी र जी.एस.आलेको संगीत रहने छ ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com