२८ भाद्र २०७५, बिहीबार
  • विनीय तिमिल्सैना,

इलाम, २७ भदौ । इलाम जिल्ला बुधबार साँझदेखि अन्धकार भएको छ । झापाबाट आउने ३३ केभिए लाईन इलामको किटेनीमा पहिरोसँगै आएको रुखले पोलमा क्षति पु¥याएपछि काबेली कोरिडरबाट आएको व्याकपबाट हिमाल दोलखा माइखोलाको विद्युत उत्पादन गरेर इलामलाई दिंदै आएको लाईन पनि बुधबार साँझबाट बन्द भएको छ ।

दमकबाट इलाम आएको काबेली कोरिडरमा समस्या आएपछि सो लाइन पनि बन्द भएको विद्युत प्रधिकरण इलाम शाखाका प्रमुख रविनवाबु घिमिरेले बताए । किटेनीमा पोल लागाउने काम भइसकेको र अब तार लगाउने काम बाँकी रहेको तर पहिरोकारण काम सक्न मुस्किल भए पनि आज साँझसम्मा सो काम सकेर विद्युत सुचारु गर्ने उनले बताए ।

यता कावेली कोरिडरको पनि समस्या सामाधान गर्नको लागि टोली परिचालन भई सकेको छ । दमकबाट तीन नम्वर टावरमा समस्या भएको र सो काम पनि आज साँझ सम्ममा सकेर विद्युत सुचारु गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV