२८ भाद्र २०७५, बिहीबार

म्याग्दी, २७ भदौ । दिदी बहिनीबिच दुख सुख साट्ने महान हरितालिका तीजमा महिलाले अर्को महिलाको निर्मम हत्या गरेकी छन् । एउटा महिलाले अर्को महिलाकै हत्या गरेपछि अहिले म्याग्दी जिल्लामा सन्नाटा छाएको छ ।

गतमंगलबार दर खाने दिनमा म्याग्दीको मालिका गाउँपालिका वडा नम्वर–१ निस्कोट बस्ने ४५ वर्षीया लक्ष्मीदेवी पटेलले आफ्नो छिमेकी नाताले बुहारी पर्ने ३० वर्षीया लोकमाया पटेलको हत्या गरेकी हुन ।

ती महिलाले गत मंगलबार साँझ बाटोमा हिँडिरहेकी बुहारीलार्र्इ बञ्चरो प्रहार गरी हत्या गरेको र अभियुक्त ती महिलालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकबहादुर गुरुङ्गले जानकारी दिए ।

के बिवादमा हत्या गरिएको रहेछ ? भन्ने प्रश्नमा गुरुङ्गले भने –‘त्यो भने बुझ्न बाँकी छ, टाउँकोमा बञ्चरो प्रहार गरी घटना स्थलमै हत्या गरेको हो । उनलाई पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाईएको छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV