२८ भाद्र २०७५, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पारवहनसम्बन्धि ‘प्रोटोकल’मा सहमति जुटाएर नेपालले आर्थिक विकासका लागि महत्वपूर्ण बाटो पहिल्याएको दावी गर्नुभएको छ ।

ललितपुरमा हिजो आयोजित ‘बेल्ट एण्ड इनिसिएटिभः अवसर र चुनौती’ विषयक अन्र्तक्रियामा प्रधानमन्त्री ओलीले छिमेकीसँगको सन्तुलित सम्बन्धबाट नेपालले समृद्धिका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनु भएको हो । तेस्रो मुलुकसँग चीनको भूमि भएर आयात–निर्यात गर्न पाउने पछिल्लो सहमतिले नेपाल भूपरिवेष्ठित राष्ट्रको रुपमा मात्रै नरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । चीन र भारतले नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण योगदान गर्ने प्रधानमन्त्रीको विश्वास छ ।

प्रधानमन्त्री ओलीले भारत र चीन दुवैसँग मिलेर नेपालले आर्थिक विकासको लक्ष्य पूरा गर्न सक्ने पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV