२८ भाद्र २०७५, बिहीबार

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनलाई आवश्यक चार्जिङ स्टेसन सञ्चालनका लागि नीतिगत व्यवस्था गर्ने तयारी गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्तिलगायतका मन्त्रालय र विद्युत् प्राधिकरणबीच यो विषयमा छलफल भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सक्रियतापूर्वक यसबारे सम्बन्धित निकायसँग छलफल गरिरहनुभएको छ,’ उनले भने, ‘यो नीति बनेर कार्यान्वयनमा आउन केही समय लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV