२८ भाद्र २०७५, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतको बुधबार बसेको फुलकोर्ट बैठकले भदौ १ अघिका मुद्दामा पुरानै मुलुकी ऐन र सम्बद्ध ऐनअनुसार फैसला गर्ने समझदारी गरेको छ।

समझदारीबाट सर्वोच्चसहित देशभरिका अदालतमा रहेको फौजदारी र देवानी प्रकृतिका झन्डै दुई लाख मुद्दाको फैसला विधि टुंगिएको हो। समझदारीलाई बिहीबारै सबै अदालत र न्यायाधीकरणमा सर्कुलर गरिने भएको हाे ।

मुलुकी फैजदारी र देवानी संहिता लागु भएपछि पुराना मुद्दाको फैसला कसरी गर्ने भन्ने जटिलता देखिएको थियो, याे समाचार अाजकाे अन्नपूर्ण पोस्टमा छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV