२७ भाद्र २०७५, बुधबार

काठमाडौं, २७ भदौ । गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा मुलुकको एक वर्षको बजेट बराबर भएको छ । मुलुकबाहिरबाट आयात हुने वस्तुहरुमा पेट्रोलियम पदार्थ र सवारीसाधन मुख्य हुन् ।

मानिसले सवारीसाधनको प्रयोग सहजै गर्न पाउनु पर्छ । तर त्यहि साधनको आयातका कारण भने मुलुकले वार्षिक खर्बौ रुपैयाँ व्यापार घाटा व्यहोरिरहेको छ । नाडा अटो शोबाट अधिकतम विक्री गर्ने अफरसहित व्यापारीहरु आउँदा मुलुकलाई कस्तो फाइदा होला । प्रस्न गर्ने बेला आएको छ ।

अटोमोबाइल व्यवसायीहरुको प्रदर्शनी नाडा अटो शोमा अहिले थरिथरिका सवारीसाधनको अवलोकन गर्न र खरिद गर्न पाइन्छ । विभिन्न कम्पनीहरुले फाइनान्सको व्यवस्था सहित अफरै अफरका साथ सवारीसाधनको विक्री गरिरहेका छन् । तर ऋण लिएर सवारी साधन आयात गर्ने परिपाटीले भने मुलुकको अर्थतन्त्रलाई प्रतक्ष अप्रतक्ष रुपमा असर पारिरहेको छ । सरकार करमुखि हुँदा सवारीसाधनबाट अर्बौं रुपैयाँ राजस्व संकलन भएको छ तर दिर्घकालका लागि अर्थतन्त्रले धान्नै नसक्ने गरि व्यापार घाटा बढेको छ । गत आर्थिक वर्षमा ६४ अर्ब रुपैयाँ बराबरको सवारी साधन आयातभएको तथ्याङक भन्सार विभाग संग छ ।

सवारीसाधनको आयातबढदा सरकारी ढुकुटी त भरिएला तर मुलुकले थेग्नै नसक्ने गरि व्यापार घाटा बढेको छ । रेमिट्यान्स मार्फत भित्रिएको विदेशी रुपैयाँ सवारीसाधन आयात गर्दा नै सकिएको छ । उत्पादन मुलक क्षेत्रमा कुनैपनि रकम लगानी भएको छैन् । बैंकहरु पनि सवारीसाधनमा सजिलै ऋण उपलब्ध गराउँछन् ।

आर्थिक वर्ष २०७४/७५मा बैंकहरुले हायर पर्चेजका लागि मात्र १ खर्ब ७१ अर्ब ५ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । सरकार करमुखि हुँदा र सार्वजनिक सवारीसाधनको राम्रो व्यवस्था नहुँदा सानो अर्थतन्त्र भएको मुलुकमा अर्बौं रुपैयाँको सवारीसाधन आयात भएको छ । सरकार कर उठाउन मै तल्लिन छ तर व्यवसायीहरु त्यसैको फाइदा उठाइरहेका छन् ।

अघिल्लो आर्थिक वर्ष सम्म बैंकले सवारीसाधन खरिदमा ५० प्रतिशत कर्जा लगानी गर्न पाउने नियम थियो तर अहिले ६५ प्रतिशत सम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरीएको छ । यसले सरकारको दोहोरो नियत स्पस्ट भएको छ । एकातिर अयात कम गर्न भन्दै कर बढाएको छ भने अर्कोतिर व्यापार बढाउन सवारीसाधनको कर्जामा थप सहज बनाएको छ ।

यसले यो स्पस्ट हुन्छ की सरकार व्यापार घाटा कम गर्न भन्दा पनि राजस्व बढाउन तल्लिन छ । तयसैले सरकार करमुखि नै हो भन्न सकिन्छ भने व्यवसायीहरु त्यसैको फाइदा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV