२७ भाद्र २०७५, बुधबार

काठमाडौं, २७ भदौ । संघीयताको कार्यान्वयनसँगै जथाभावी लगाइएको करका कारण सरकार आलोचित बनेको छ । जनतासँग उठाइएको कर जनताकै सेवा र सुविधाका लागि प्रयोग हुनुपर्ने हो । एकातर्फ जनताको ढाड सेक्ने गरी कर उठाउने अर्कोतिर सेवा सुविधा पर्याप्त नहुनुले जनतामा सरकारप्रतिको आक्रोश बढ्दोछ । सरकारले प्रदुषण करको नाममा वार्षिक अबौं रुपैयाँ प्रदुषण नियन्त्रणको क्षेत्रमा खर्चन सकेको छैन ।

सवारी साधानले वातावरणमा पार्ने प्रभाव र सवारी साधान सञ्चालन गर्न योग्यता जाँच गर्न सडकमा नै पुगेका मन्त्रीहरुले सवारी साधानले वातावारणमा पारेको प्रभावकोवारे खुवै चर्चा गरे । तर, प्रदुषण नियन्त्रणका लागि सवारीसाधनबाटै सरकारले उढएकोे ५ अर्व भन्दा विढी रकम भने प्रदुषण नियन्त्रणमा उपयोग भएको छैन ।

सरकारले सवारी साधानले वातावरणमा पारेको प्रदुषण नियन्त्रणमा प्रयोग गर्न भन्दै डिजेल र पेट्रोलमा प्रतिलिटर ५० पैसा शुल्क उठाउने व्यवस्था आर्थिक ऐन २०५८ मा व्यवस्था गरेको थियो । सोही अनुरुप २०६६ सालदेखि नियमित रुपमा सरकारले प्रदुषण शुल्क उठाउँदै आएको छ ।

आर्थिक वर्र्ष २०६६–०६७ मा ३६ करोड १८ लाख ७८ हजार ४५६ रुपैयाँ प्रदुषण शुल्क उठेको थियो भने आर्थिक वर्र्ष ०६७–०६८मा ४२ करोड २३ लाख ३७ हजार २१५ , आर्थिक वर्ष ०६८–०७९ मा ४१ करोड ९२ लाख ६७ हजार ६६०, आर्थिक वर्र्ष ०७९–०७०मा ४७ करोड १३ लाख ८४ हजार ५०४, आर्थिक वर्र्ष ०७० –०७१ मा ५१ करोड ९०लाख ५० हजार ७१ जम्मा भएको थियो ।

भने , आर्थिक वर्र्ष ०७१–०७२मा ५८ करोड ६१ लाख ४१हजार ५५६ , आर्थिक वर्र्ष ०७२–०७३ मा ५० करोड ७६ लाख १५ हजार ६६८ , आर्थिक वर्र्ष ०७३–०७४मा ८४करोड १८ लाख १८ हजार ९३६ र आर्थिक वर्र्ष ०७४–०७५मा १अर्व ०१ करोड ९८ लाख ८६ हजार ८२३ उठेको प्रदुषण शुल्क हाल सम्म ५ अर्व १४ करोड९३ लाख८० हजार ९०१ रुपैयाँ जम्मा भए पनि हालसम्म पनि प्रदुषण नियन्त्रणको क्षेत्रमा सो रकम खर्च हुन सकेको छैन ।

प्रदुषण नियन्त्रणका लागि जम्मा भएको रकम छुट्टै कोष स्थापना गरेर प्रदुषण नियन्त्रणमा खर्च गर्न व्यवस्था गरिएको भए पनि शुल्क उठाउन थालेको दशक वित्दा समेत कोष स्थापना हुन सकेको छैन् ।

सरकारले वातावरण प्रदुषण नियन्त्रणका लागि विभिन्न अभियान संचालन गर्न र प्रदुषण नियन्त्रणका लागि आवश्यक रकम विभिन्न दातासँग हात फैलाइ रहँदा प्रदुषण नियन्त्रण कै लागि उठाइएको अर्वाै रकम सदुपयोग नहुनुलाई के भन्ने ?

प्रतिक्रिया दिनुहोस्
LIVE TV