२७ भाद्र २०७५, बुधबार
  • रामगोपाल तमाखु,

भक्तपुर, २७ भदौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले बुधबारबाट अत्याधुनिक सि.टी.स्क्यान तथा क्याथ ल्याब सेवा शुरु गरेको छ ।

मुटु सम्बन्धि रोगका लागि बिरामीहरु उपचार गर्न शहीद गंगालाल अस्पताल बाँसवारी काठमाडौ पुग्नु पर्ने बध्यता थियो । तर अब मुटु सम्बन्धि अति आवश्यक सम्पूर्ण सेवा बुधबारबाट शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा शुरु भएको छ ।

यो सेवा बिस्तार सँगै भक्तपुर लगाएत भक्तपुर पूर्वका जिल्ला काभ्रे, सिन्धुपाल्चोक, रामेछाम, दोलखाका बिरामीहरुलाई सेवा पुग्ने विश्वास लिइएको छ । यो अत्याधुनिक प्रविधिबाट मुटु सम्वन्धि धेरै जटिल रोगहरुको सफल उपचार गर्न सकिने केन्द्रका मुटुरोग बिशेषज्ञ डा. किसन कुसुवाहले बताउनु भयो ।

गाउँमै बिभिन्न खालका घातक रोगको उपचार हुने भएपछि स्थानीयहरु खुसी भएका छन् । जिल्लामै सेवा सम्पन्न धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द सुरु भएपछि त्यहाँका जनतालाई काठमाडौ धाउनु पर्ने झन्झट हटेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बुधबार सो सेवाको उद्रघाटन गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV