२७ भाद्र २०७५, बुधबार

काठमाडौं । नेकपाको बैठकमा प्रदेश र जिल्ला कमिटी गठनको नयाँ मापदण्ड पेश गरेको छ ।

बुधबार बसेको बैठकमा महासचिव विष्णु पौडेलले वरिष्ठता र योग्यतालाई आधार बनाइने लगायतका मापदण्ड प्रधानमन्त्री निवास बालुवाटारमा पेश गरेका छन् । प्राप्त सूचना अनुसार भोलि ३ बजे बस्ने बैठकले मापदण्डलाई अन्तिम रुप दिनुका साथै प्रदेश कमिटी गठन गर्ने भएको छ ।

प्रदेश अध्यक्ष र सचिव तथा इन्चार्ज र सहइन्चार्ज तोक्नुअघि तत्कालीन एमाले र माओवादीले कुनकुन प्रदेशमा कुन पद लिने भन्ने टुंगो लगाइने नेताहरुले जनाएको छ ।

LIVE TV