२७ भाद्र २०७५, बुधबार

काठमाडौं, २७ भदौ । राष्ट्रिय महिला आयोगलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मातहत राख्ने प्रयास नगर्न सांसदहरुले सरकारलाई आग्रह गरेका छन ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा सांसदहरुले आयोगलाई मन्त्रालय मातहत नराख्न आग्रह गरेका हुन् । विधेयकमा राष्ट्रिय महिला आयोगलाई पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मातहतमा राख्ने प्रावधान राखिएको छ ।

तर, सांसदहरुले संवैधानिक निकाय भएकाले सरकारको मातहत ल्याउने प्रयास गर्न नहुनेतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । त्यसैगरी, बैठकमा महिलाको ज्यान जाने अवस्था भएमा वा लुला, लंगडो बच्चा जन्माउने अवस्थामा सुरक्षित गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गर्नुपर्ने समिति सदस्यको तर्क थियो ।

समितिमा सुरु भएको विधेयकमा सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको अधिकारीलाई सुनिश्चित गराउने प्रावधान समेत राखिएको छ ।

LIVE TV