२७ भाद्र २०७५, बुधबार
  • भगिश्वर लिम्बु,

तेहथुम, २७ भदौ । बिगत ४ बर्षदेखि दुबईको जेलमा रहेका तेह्रथुम फेदाप गाउँपालिका–२ साबिक ओयाक्जुङ–८ मझुवाका खड्कबहादुर जोगीलाई ब्लडमनी संकलन गर्न नसक्दा उनको परिवारजन चिन्तामा परेका छन् । केहि महिना ब्लड मनी रकम जम्मा नगरे उनलाई फाँसीको सजाय हुने बताइएको छ ।

अबुधाबी स्थित अल गल्फ डेभलोपमेन्ट कम्पनीमा कार्यरत जोगी ड्युटी जाने क्रममा उनिसंगै गाडीमा बसेका एक फिलिपिनो नागरिक गाडीबाट झरेको र कम्पनीका सुपरभाईजरको निर्देशनमा आफैले अस्पताल लादा घाईतेको मृत्यू भएपछि स्थानीय अदालतले जोगीलाई हत्या नै गरेको कसुरमा ५ बर्ष जेल र दुईलाख दिराम (नेपाली ६० लाख रुपैया) ब्लड मनी जरिवाना तोकेको थियो । तोकिएको ब्लड मनी जम्मा नगरे उनलाई फाँसीको सजाय हुने भएकाले त्यति ठूलो रकम कसरी जम्मा गर्ने भनेर आफुहरु चिन्तामा परेको पीडा उनकी पत्ती डम्माकुमारी जोगी न्यूज २४ लाई सुनाईन ।

धन कमाउन गएका आफ्नो छोरालाई मृत्युदण्डको सजाय हुने खबर सुनेपछि ८० बर्षीया वृद्धा खड्गबहादुरकी आमा रोएर नै दिनरात कटाउन थालेकी छिन् ।

दुई छोराछोरी श्रीमती र बुढीआमा गरि ६ जना रहेको जोगी परिवारलाई ब्लड मनि जम्मा नगरे आफ्नो घरको मुख्य सदस्य नै गुमाईने चिन्ताले सताएको छ । आर्थिक अवस्था कमजोर रहेको जोगी परिवारमा कमाउने व्यक्ति नै लामो बर्षदेखि प्रवासमा जेल परेपछि खड्ग बहादुरकी छोरीले पढाई समेत छोड्नु परेको बताइन् ।

गाउँघरमा बनिबुतो गरेर दैनिकी गुजारा गर्दै आएका जोगी परिवारलाई त्यति बढी रकम जम्मा गर्र्न संकट परेपछि खड्गबहादुर बचाउ अभियान नै सन्चालन गरि आर्थिक संकलन गर्न थालिएको अभियानका सचिव मुकेश जोगी बताउछन्

जोगी परिवारले खड्गबहादुरलाई बचाउन आर्थिक सहयोगका लागि बिभिन्न निकायलाई पनि गुहारेका छन् । ५० बर्षीय जोगीलाई फाँसीको सजायबाट बचाउन स्थानीय तह , प्रदेश हुँदै केन्द्रसम्म अनुरोध गर्ने वडा सदस्य खगेन्द्र जोगीले बताए ।
बाइट खगेन्द्र जोगी, वडा सदस्य, फेदाप गाउपालिका–२


आर्थिक र सामाजिक रुपमा समेत पिछडिएका जोगी समुदायका अगुवा मानिएका खड्ग बहादुरलाई फाँसीको सजायबाट बचाउनका उनका परिवारले सबैसंग सहयोगको याचना पनि गरेका छन् ।

LIVE TV