२७ भाद्र २०७५, बुधबार

काठमाडौं, २७ भदौ । प्रधानमन्त्री ओलीले चीनसँग पारवहनसम्बन्धि प्रोटोकलमा सहमति जुटाएर नेपालले आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी गर्नुभएको छ ।

ललितपुरमा आयोजित ‘बेल्ट एण्ड इनिसिएटिभः अवसर र चुनौती’ विषयक अन्र्तक्रियामा प्रधानमन्त्री ओलीले छिमेकीसँगको सन्तुलन सम्बन्धबाट नेपालले समृद्धिका लागि महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभएको हो । मुलुकको समृद्धिका लागि दुई छिमेकी मुलुक भारत र चीनसँग पूर्वाधार विकासमा जोड दिइएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

तेस्रो मुलुकसँग चीनको भूमि भएर आयात, निर्यात गर्न पाउने दुई मुलुकबीचको पारबहनसम्बन्धि सहमतिले नेपाल भूपरिवेष्ठित राष्ट्रको रुपमा मात्रै नरहेको प्रधानमन्त्री ओलीको दावी थियो ।

चीन र भारत दुवै छिमेकी मुलुकले नेपालको आर्थिक विकासका लागि रेल सेवा संचालन, लगानी अभिवृद्धि गर्न लागेको समेत प्रधानमन्त्री ओलीको कथन थियो ।

प्रधानमन्त्री ओलीले भारत र चीन दुवै देशसँग मिलेर नेपालले आर्थिक विकासको लक्ष्य पूरा गर्न सक्ने जानकारी समेत दिनुभएको थियो .

प्रतिक्रिया दिनुहोस्
LIVE TV