२७ भाद्र २०७५, बुधबार

काठमाडौं, २७, भदौ । ‘दुई दुपैया’ फिल्मको ‘कुटुमा कुट’ गीतको भिडियोबाट चचाएमा आएकी अभिनेत्रीको आगामी फिल्म ‘बुलबुल’ हो । अहिले यो फिल्मको छायाङ्कन सकिएको छ ।

निर्माण टिमका अनुसार गत साउनको अन्तिम साताबाट सुरु भएको यो फिल्मका छायाङ्कन निर्धारित समयभन्दा अगाडि नै सकिएको हो । फिल्मको एउटा गीतको कामलाई थाती राखेर छायाङ्कन सकाएको निर्देशन विनोद पौडेलले जानकारी गराएका छन् ।

यो फिल्म अभिनेत्री खड्कालाई टेम्पो चालकको रुपमा प्रस्तुत गरिने छ, भने फिल्मले टेम्पो चालक महिलाको कथालाई पर्दामा प्रस्तुत गर्ने बताइएको छ । यसै फिल्मको लागि अभिनेत्री खड्काले करिब एक महिनासम्म टेम्पो चलाउन सिकेकी थिइन् ।

फिल्मको छायाङ्कन सकाए लगत्तै निर्माण पक्षले रिलिज मिति पनि सार्वजनिक गरेको छ । निर्माण पक्षको अनुसार फिल्म आगामी ‘भ्यालेन्टाइन डे’को अवसर तथा आगामी फागुन ३ गतेबाट दर्शकमाझ रिलिजमा आउँनेछ ।

यो फिल्ममा स्वस्तिमाको अलावा लक्ष्मी बर्देवा, बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे लगाएत कलाकारहरुको मुख्य भुमिका रहनेछ । सुसन प्रजापतिको छायाङ्कन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् ।

पुरुषोत्तम पाण्डे, अबिरल थापा, भीम थापा र राजु पौडेल मिलेर ‘बुलबुल निर्माण गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV