
व्यास । तनहुँ व्यास नगरपालिका –१ मा सर्पले टोकेर रतौलीका ४२ वर्षीय कुमार लामाको मृत्यु भएको छ । मदिरा सेवन गरेका लामा राति शौच गर्न घर बाहिर निस्केका बेला हरेप प्रजातिको सर्पलाई देखेपछि समाउन खोज्दा हात र खुट्टामा टोकेको थियो ।
घाइते भएका लामाको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।