२६ भाद्र २०७५, मंगलवार

चितवन । नगरपालिकामा तालावन्दी गरेको छ ।

नवलपुरको गैंडाकोट नगरपालिकामा उपमेयर विष्णु कँडेलको नेतृत्वमा आएको टोलीले मेयर छत्रराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

गत असारको खर्च विवरणसहितको भौचर एकपटक हेर्न प्रमुख प्रशासकीय अधिकृतसँग मौखिक र लिखित रुपमा माग्दासमेत नदिएको कारणले तालावन्दी गरेको उपमेयर कँडेलले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत आचार्यले मेयरको आडमा जनप्रतिनिधिहरुलाई हेप्ने गरेको मेयरले जनाइन् । कँडेललेका अनुसार मेयर छत्रराज पौडेलले जथाभावी तोक लगाएर रकम दिने काम गरेको भन्दै नियमसंगत काम गर्न सुझाएको छ ।

LIVE TV