२६ भाद्र २०७५, मंगलवार

कञ्चनपुर, २६ भदौ । कञ्चनपुरकी निर्मल पन्तको हत्या भएको २ महिना हुन लागिसक्दा पनि हत्यारा पत्ता लागेको छैन । बलात्कारपछि हत्या भएकी पन्तको बिषयमा प्रहरीले गलत मान्छेलाई फसाउन लागेको र प्रमाणहरु नष्ट गरेको भन्दै स्थानीय आन्दोलित भएका थिए । सोहीकारण गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्य बिरेन्द्र बहादुर केसीले सोमबार सुरक्षाको कारण देखाउँदै राजीनामा दिएका छन् ।

यस बाट के प्रष्ट हुन्छ भने भने निर्मलाको बलात्कार पछि हत्या गर्नहरुले सत्य लुकाउन खोजिरहेका छन् । किनकी सदस्य केसीले डिएनए टेष्टको कम्प्लीकेशनका बिषयमा समस्या देखाएको दोस्रो दिननै बलात्कार पछि हत्याका मुख्य आरोपी भनेर थुनामा राखिएका विष्टको डिएनए परीक्षण गर्दा मेल नखाएपछि अदालतले उनलाई जमानीमा छोडेको छ ।

निर्मला पन्तको भेजाइनल स्वाबमा रहेको बलात्कारीको डिएनए र दिलिपसिंह विष्टको डीएनए फरक भएको पाइएको हो । उता निर्मला पढ्न गएको घरका बम दिदीबहिनीलाई पनि हिरासतमुक्त गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ । दिदी बबितालाई तीन हजार रुपैयाँ धरौटी र बहिनी रोशनीलाई विना धरौटी छोड्न आदेश दिइएको छ ।

निर्मला पन्तको बलात्कारपछि हत्याका बिषयमा रिपोर्टिङ गर्न सीधा कुरा टिम उनको गाउ कञ्चनपुर पुगेको थियो । हामीले सथलगत रिपोर्टिङका क्रममा प्रहरीले जवरजस्ती सोधपुछ गर्दै निर्मलाका बुवालाई छोरी बलात्कारको केशमा जेल हालिदिने धम्मी दिएका थिए ।

निर्मला पन्त राति अबेरसम्म घर नफर्कीएपछि परिवारसँगै खोजबिनका लागि हिडेका स्थानीयहरुले प्रहरीबाट सोधपुछका नाममा जबरजस्ती बलत्कार गरेको स्वीकार गर्न चरम याताना दिएका थिए । अपराध नस्वीकारे मारेर फालिदिने भन्दै स्थानिय युवालाई चरम यातान दिएको आफैले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV