२६ भाद्र २०७५, मंगलवार

काठमाडौं, २६ भदौ । चीनले बुद्धको जन्मस्थल लुम्बिनीको पूर्वाधार विकासमा लगानी गर्ने प्रतिवद्धता जनाएको छ ।

सिचुवान प्रान्त लशान नगरपालिकाले लुम्वनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको हो । चीनको सिचुवान प्रान्तमा आयोजित अन्तराष्ट्रिय पर्यटन मेलामा चीन सरकारसँग भएको द्विपक्षीय छलफलमा चीनको लशान नगरपालिकाले लुम्विनीको पूर्वाधार विकासमा आवश्यक लगानी गर्ने प्रतिवद्धता जनाएको हो ।

चीनमा आयोजित मेलाको क्रममा लुम्विनीमा रहेको मायादेवी मन्दिर र अशोक स्तम्भको स्मारक लशान प्रान्तमा स्थापना गरेर लुम्विनीको अझै बढि प्रचारप्रसार गर्ने सहमति समेत भएको छ ।यस्तै दुईपक्षीय छलफलमा भाग लिनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीले नेपालमा धार्मिक पर्यटन वृद्धि गर्न चीनबाट आवश्यक सहयोग उपलब्ध हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

५६ वटा राष्ट्रहरु सहभागी रहेको सो सम्मेलनमा नेपाललाई सहआयोजकको सम्मान प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV