२६ भाद्र २०७५, मंगलवार

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका दिलीपसिंह विष्टसंगै रोशनी र बबिता बम दिदीबहिनी पनि रिहा भएका छन् ।

जिल्ला अदालत कञ्चनपुरले डीएनए टेष्ट नमिलेपछि विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । प्रहरीले विष्टलाई पन्त हत्याको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । रोशनी बम र बविता पनि विष्टसँगै छुटेका हुन् । कञ्चनपुरका एसपी कुवेरसिंह कडायतका अनुसार बवितालाई ३० हजार धरौटीमा र रोशनीलाई साधारण तारेखमा छाड्ने जिल्ला अदालतले आदेश दिएको छ ।

साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटिएको थियो ।

LIVE TV