२६ भाद्र २०७५, मंगलवार

काठमाडौं, २६ भदौ । पछिल्लो समयमा नेपालको परिवेश हेर्ने हो भने नेपाली छोरी चेलीहरु सुरक्षाको हिसाब मा सुरक्षीत छैनन् । पछिल्ला दिनहरुमा एकपछि अर्को हुँदै नेपाली छोरी चेलीहरु आफ्नै देश नेपाल भित्र बलात्कृत हुनुका साथै निर्मम हत्याको शिकार बन्दै आएका छन् । तर नेपालको संबिधानमा सो बलत्कारीहरुलाई फाँसीको सजायको व्यवस्था भने गरिएको छैन ।

अधिकारकर्मीहरुले बलात्कारीलाई फाँसीको सजायको माग गरिरहेकाछन् । यसै क्रममा चर्चित लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ र पछिल्लो समयमा लाइभ दोहोरीबाट चर्चामा रहेका गायक रबिन लामिछानेले ‘बलत्कारीलाई फाँसी दिनु पर्यो’ बोलको गीत सार्बजनिक गरेका छन् । गीतमा शर्मिला गुरुङ र रबिन लामिछनेको स्वर रहेको छ, भने लय र शब्द पनि गायक लामिछानेकै रहेको छ ।

रामजी प्रसाद पन्तको निर्देशनमा रहेको उक्त गीतको म्युजिक भिडियोमा सावित्री सुवेदी बिरबल ढकाल प्रेम अर्याल सुस्मिता सापकोटाको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV