२६ भाद्र २०७५, मंगलवार

काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका–६, बाह्रदशीका कपडा व्यवसायी खेमराज पौडेलको हत्या भएको  हत्या भएको छ । स्थाई घर कमल गाउँपालिका–६, मंगलबारेका भएका ३८ वर्षीय पौडेलको सोमबार राति छुरा प्रहार गरि हत्या भएको प्रहरीले बताएको छ । झापाका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालका अनुसार घटनाको आसङ्कामा ‘एक जनालाई पक्राउ गरेको छौँ । इलाका प्रहरी कार्यालय, गौरीगञ्जमा उनलाई राखेर अनुसन्धान गरिरहेका छौं ।’

स्रोतका अनुसार पक्राउ परेका व्यक्ति र पौडेल व्यवासयिक साझेदार नाम श्रदाम हुसेन छन् । उनिहरुको लेनदेनमा विवाद हुनसक्ने र हुसेनले उनलाई छुरा प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ । घटनाबारे थप अनुसन्धान भईरहेको एसपी भीमप्रसाद ढकालले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV