२६ भाद्र २०७५, मंगलवार

काठमाडौं। काठमाडौंको ज्याठास्थित एक घरमा आज बिहान आगलागी भएको छ । आगलागीबाट करिव १० करोडको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ ।

ज्याठाचोकमा रहेको सुमन स्थापितको ५ तले घरमा आगलागी भएको हो । आज बिहान साढे ४ बजे पानी तान्ने मोटर सर्ट भइ लागेको आगो करिव २ घण्टा पछि नियन्त्रणमा आएको हो । बिहान पानी तान्न मेशिन चलाएर छोडेको अवस्थामा विद्युत सर्ट भइ पानी तान्ने मेशिनबाट आगो सल्कोको प्रहरीले जनाएको छ । घटनबाट मानवीय क्षती नभएको र भाग दौडगर्ने क्रममा ३ जनालाई सामान्य चोट लागेको आगो नियन्त्रणमा खटिएको प्रहरी टोलीका प्रमुख डीएसपी दान बहादुर मल्लले जानकारी दिनुभयो ।

राति सुतिरहेको बेला एक्कसी ठूलो स्वरमा पड्को आवाज आएपयिछ ब्यूँझिएर हेर्दा आगो सल्केको देखेर भागेको स्थानीयले बताए ।

घरको भुंईतलामा अक्सिजन ग्यास सिलिन्डरहरु स्टोर गरी राखेकोले सिलिन्डरहरु पड्किरदा आगो निभाउन जटिल भएको थियो । घरको पाँचमध्ये तीन तलामा बढी क्षति पुगेको छ ।

अक्सीजनका सिलिन्डर पड्केर आगलागि भएको घर भन्दा २ सय मिटर वरपर सम्मका घरहरुका सिसाहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ । घटनबाटको प्रारम्भिक अनुसन्धानबाट १० करोड भन्दा बढीको क्षेति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV