२६ भाद्र २०७५, मंगलवार

काठमाडौं । मानव बेचबिखनमा महिलाभन्दा पुरुष बढी सिकार भएको राष्ट्रिय मानवअधिकार आयोगको एक तथ्याङ्कले देखाएको छ ।

सोमबार सार्वजनिक गरेको सन् २०१८ को मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदनमा यस्तो तथ्याङ्क देखिएका हो ।सन् २०१७\२०१८ मा ६ सय २९ वटा घटनामा चार सय ६३ जना पुरुष र एक सय ६६ जना महिला बेचबिखनको सिकार भएको प्रतिवेदनमा उल्लेख छ ।

बेचबिखनका घटनामा एकतिहाइ बालबालिका परेका छन् । वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने सिलसिलामा पुरुष बेचबिखनमा पर्ने गरेको उल्लेख प्रतिवेदनमा उल्लेख छ । रोजगारी र यौनका साथै शरीरका अंग साटफेरका समेत लागि बालबालिकाको बेचबिखन हुने गरेको आजको अन्नपुर्ण पोष्ट लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV