२५ भाद्र २०७५, सोमबार

विराटनगर । मोरङमा एकै परिवारका आमा र छोराको शव झुण्डिएको अवस्थामा भेटिएको छ । जिल्लाको बुढीगंगा गाउँपालिकाका आमा कविता यादव र छोरा अमनको शव आफनै घरमा भेटिएको हो । प्रहरीका अनुसार आमाले दुई छोरासहित झुण्डिएर आत्माहत्या गरेकी हुन्। कविताका र सानो छोरा अमनको शव डोरीमा झुण्डिएको अवस्थामा थियो भने अर्का ठुलो छोरा १० वर्षीय निशानलाई लगाईएको पासोको डोरी चुडिएको कारण बाँचेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक मनोज केशीले बताएका छन् ।

मोरङ प्रहरीले जनाए अनुसार बुढीगंगा गाउँपालिकामाअमाहीकी २९ वर्षीया कविताले सोमवार विहान घरको बलेसीमा दुई सन्तानसहित आत्माहत्याको प्रयास गरेकी थिइन् ।

कविताका पति अमरलालको दुई वर्षअघि निधन भएको थियो । श्रीमान वितेपछि कविताले दैनिक मजुदुरी गर्दै दुई सन्तानको लालन पालन गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV