२५ भाद्र २०७५, सोमबार

बैतडी । यात्रुवाहक बस एक आपसमा ठोक्किँदा २८ यात्रु घाइते भएका छन् ।

बैतडीमा आज सोमबार अपरान्ह २ वटा यात्रुवाहक बस एक आपसमा ठोक्किएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार महाकाली राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी ६ बांगाबगर नजिक बस एक आपसमा ठोक्किँदा २८ यात्रु घाइते भएका छन्।

ना ६ ख ७४२० नम्बरको बस र ना ४ ख ७५४७ नम्बरको बस अपरान्हमा ठोक्किएको हो। घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV