२५ भाद्र २०७५, सोमबार
  • दीपक भट्ट,

रामेछाप–२५ भदौ । धेरै पैसा कमाउने र सुखी जीवन विताउने अभिलाषा वोकेर रामेछापबाट रोजगारीको लागि विभिन्न देशहरुमा गएकाहरु मध्ये एक वर्षको विचमा १४ जनाको शब बाकसमा नेपाल फर्किएको छ ।

विदेश गएकाहरु मध्ये ४ जनाले मलेसियामा ज्यान गुमाएका छन् । त्यस्तै साउदी अरबमा २, दुवईमा १, कुवेतमा १, कतारमा १ र साइप्रसमा १ जना र अन्य देशमा गएका मध्ये ४ जना गरी १४ जनाले ज्यान गुमाएको जानकारी सुरक्षित आप्रवसान सूचना तथा परामर्श केन्द्र रामेछापले जनाएको छ ।

यसरी वैदेशिक रोजगारीमा गएर ज्यान गुमाउनेहरुमा साविक गुप्तेश्वर वडा नं ६ की सुना तामाङ, डडुवा २ का अशोक तामाङ, टोकरपुर ८ की यमुना मगर, सुकाजोर ७ का लोकबहादुर मगर, सैपु २ का गंगाबहादुर सुनुवार, डडुवा ९ का सन्तोष तामाङ, खनियापानी ६ का दीपक तामाङ, चनखु ३ का धनवहादुर तामाङ र रामेछाप ८ का सन्जीब शाही रहेका छन् ।

रामेछापबाट वैदेशिक रोजगारीमा गएका र विभिन्न घटनामा परि ज्यान गुमाएका १४ जनाको रहेको रेकर्ड वैदेशिक रोजगार प्रर्वद्धन बोर्डमा दर्ता भएता पनि सूचना परामर्श केन्द्र रामेछापले भने १० जनाको मात्र केश हेरिरहेको सुरक्षित परामर्श केन्द्र रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV