२५ भाद्र २०७५, सोमबार

काठमाडौं । काठमाडौंमा एक ब्याक्तिले श्रीमतीको हत्या गरेर प्रहरीसमक्ष आत्मासमर्णपण गरेका छन् । स्थाई घर मकवानपुर भइ हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी तिवारी टोलमा डेरा बस्दै आएका ३५ वर्षीय मानबहादुर घिसिङले घरायसी विवादमा श्रीमतीको हत्या गरेका हुन् ।

घिसिङले सामान्य विवाद हुँदा कोदालोले हानेको र केही समय पछि श्रीमतिको मृत्यु भएको प्रहरी समक्ष बताएका छन् । आइतबार राती महानगरीय प्रहरी वृत्त बौद्धमा घिसिङले आत्मसमर्पण गरेका थिए । श्रीमति ३२ बर्षका थिईन् । हत्यारा घिसिङलाई कर्तव्य ज्यान मुद्दामा प्रहरीले उनलाई कारबाही अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV