२५ भाद्र २०७५, सोमबार

एजेन्सी । बलिउड नायिका सोनाली बेंद्रे अमेरीकाको न्यूयोर्कस्थीत अस्पतालमा क्यान्सरको उपचारमा रहेकी छिन् ।उपचारमा रहेकी सोनालीलाई भारतीय बीजेपी बिधायक नेता राम कदमले ट्विटर मार्फत दिएको एक सन्देशले यतिखेर चौतर्फी आलोचना खेप्नुपरेको छ ।

बीजेपी विधायक रामले सोनाली बेन्द्रेलाई ट्विटरमा श्रद्धान्जली दिए पछि एक विधायक जस्तो जिम्मेवार पदमा बसेको मान्छेले जिउँदै मान्छेलाई श्रद्धान्जली दिएको भन्दै सामाजिक संजालमा आलोचना गरेका छन् । उनलाई जिवित मान्छेलाई मरेको भन्दै अफवाह फैलाएको भन्दै सर्वसाधारणले रोष प्रकट गरेका छन् । सामाजिक संजाल प्रयोगकर्ताहरुले राम कदमको ट्रोल बनाएर तपाई गलत हल्ला गर्दैहुनुन्छ भनेका छन् ।

आलोचनापछि राम कदमले आफ्नो ट्वीट प्रति माफि माग्दै ट्वीट हटाएका छन् ।उनले ्सोनाली एक राम्रो अभिनेत्री हुन् भन्दै उनको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । ट्विटर पछि सोनालिका साथीहरु उनलाई भेट्न अस्पतालमा घेरीएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV