
काठमाडौं, २५ भदौ । नेपाली कांग्रेसले आइतवार देशैभर विभिन्न कार्यक्रम गर्दै १०५ औ वीपी जन्मजयन्ती मनायो । देशै भर विभिन कार्यक्रम गरेर विपी जयन्ती मनाइ रहदा गुट र उपगुटले ग्रस्त कांग्रेस नेतृत्व नै वीपी विचारवाट विमुख हुदै गएको आरोप समेत लाग्ने गरेको छ ।
नेपाली राजनीतिका सर्वमान्य नेता हुन वीपी कोइराला । १०३ वर्षे जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेसंगै नेपाली राजनीतिमा उदाएका वीपीलाई नेपाली कांग्रेसका अलवा अन्य विचारलाई आत्मसाथ गर्नै नेताले समेत आदर्शको रुपमा हेर्ने गरेका छन् ।
नेपाली राजनीतिमा आदर्श पुरुषको रुपमा रहेका वीपीको विचारलाई पछिल्ला समय नेपाली कांग्रेसले नै वेवास्ता गर्दै गएको आरोप कांग्रेसीहरुले नै लगाउने गरेका छन् । देशलाई संकटको अवस्थामा मेलमिलापको नीतिलाई अंगीकार गरेका वीपीले नै स्थापना गरेका नेपाली कांग्रेस आफै भित्रको गुट तथा उपगुट एवं वेमेलले वीपीको नै अपमान गरिरहदा नतृत्वले वीपी विचारलाई अगाडि वढाउन नसकेको एक थरी कांग्रेसको आरोप छ ।