२५ भाद्र २०७५, सोमबार
  • भूपेन्द्र

काठमाडौं । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्या आरोपीलाई अदालतले सफाई दिएकोमा गंगामाया अधिकारी सरकारसँग आक्रोशित भएकी छिन् ।

हिजो जिल्ला अदालत चितवनले छोराको हत्या आरोपमा मुद्दा खेपिरहेका १२ जनालाई सफाइ दिएको बिरोधमा उनले हिजैदेखि आमरण अनसन सुरु गरिसकेकी छिन् । उनले केपी ओली सरकारप्रति आक्रोश व्यक्त गर्दै न्यायको आशा मरेको बताइन् ।

छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसनमा रहेकै अवस्थामा पति नन्दप्रसाद अधिकारीलाई गुमाएकी गंगामायाले आफ्ना पतिको पनि सरकारले हत्या गरेको आरोप लगाइन्।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको माओवादी युद्धका क्रममा चितवनमा अपहरणपछि हत्या भएको थियो । तत्कालीन माओवादीले हत्याको जिम्मा लिएको थियो ।

याे पनि पढ्नुहोस्-

फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डका १२ आरोपीले सफाई पाए

प्रतिक्रिया दिनुहोस्
LIVE TV