२४ भाद्र २०७५, आईतवार

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसले आइतवार देशैभर विभिन्न कार्यक्रम गर्दै १०५ औ वीपी जन्मजयन्ती मनायो । देशै भर विभिन कार्यक्रम गरेर विपी जयन्ती मनाइ रहदा गुट र उपगुटले ग्रस्त कांग्रेस नेतृत्व नै विपी विचारवाट विमुख हुदै गएको आरोप समेत लाग्ने गरेको छ ।

नेपाली राजनीतिका सर्वमान्य नेता हुन वीपी कोइराला । १०३ वर्षे जहानियाँ राणा शासनको अन्त्य गर्न विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेसंगै नेपाली राजनीतिमा उदाएका वीपीलाई नेपाली कांग्रेसका अलवा अन्य विचारलाई आत्मसाथ गर्नै नेताले समेत आदर्शको रुपमा हेर्ने गरेका छन् ।

नेपाली राजनीतिमा आदर्श पुरुषको रुपमा रहेका वीपीको विचारलाई पछिल्ला समय नेपाली कांग्रेसले नै वेवास्ता गर्दै गएको आरोप कांग्रेसीहरुले नै लगाउने गरेका छन् । देशलाई संकटको अवस्थामा मेलमिलापको नीतिलाई अंगीकार गरेका वीपीले नै स्थापना गरेका नेपाली कांग्रेस आफै भित्रको गुट तथा उपगुट एवं वेमेलले वीपीको नै अपमान गरिरहदा नतृत्वले वीपी विचारलाई अगाडि वढाउन नसकेको एक थरी कांग्रेसको आरोप छ ।

पार्टीको संस्थापन पक्ष भने समय र परिस्थिति अनुरुप पार्टीलाई संचालन गर्दै जानुलाई वीपी विचारलाई पार्टी नेतृत्वले भुलेको आरोप लगाउनु केवल विरोधका लागि विरोधमात्र भएको तर्क गर्छ ।

पछिल्लो समय नेपाली कांग्रेसमा पार्टी रहोस् नरहोस तर गुट र उपगुट अमर रहोस भन्ने मान्यता हावी हुँदा कांग्रेस दिन प्रतिदिन कम्मोर हुदै गएको छ भने पार्टी विचार विहीन वन्दै गएको समेत आरोप लाग्ने गरेको छ । नेपाली कांग्रेसको गुमेको विराशत फर्काउने समेत विपी विचारलाई आत्मसाथ गर्न जरुरी छ । यदि कर्मकाण्डी व्यवहारबाट वीपीलाई सम्झने तर वीपीको मार्गदर्शन भुल्दै जानेहो भने काँग्रेसको गर्व इतिहासमा मात्र सीमित बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV