२४ भाद्र २०७५, आईतवार

मोरङ, २४ भदौ । उच्च अदालत बिराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका २६ अभियुक्तको मिसिल झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय थीरबहादुर कार्की र उमेशकुमार सिंहको इजलासले २६ अभियुक्तको मोरङ जिल्ला अदालतबाट मिसिल झिकाउन आदेश दिएको हो । जिल्लाबाट मिसिल आएपछि मात्र सुनवाईको पेसी तोकिने जनाइएको छ ।

अभियुक्तहरुले पूर्पक्षका लागि थुनामा नराखी साधारण तारेखमा रिहा गरेर मुद्दाको पूर्पक्ष गरिपाउँ भन्दै निवेदन दिएका हुन् ।

अदालती बन्दोबस्तीको महल १७ अनुसार फौजदारी अभियोगमा जुनसुकै तहको अदालतबाट हुने थुनछेक आदेशमा असहमति भए पक्ष र प्रतिपक्ष पुनरावलोकनका लागि एक तह माथिको अदालतमा निवेदन दिन पाउने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV