२४ भाद्र २०७५, आईतवार
  • ज्योतीकुमार पन्थी,

बर्दिया, २४ भदौ । नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको नाम अव कर प्रसाद ओली राख्नु पर्ने अवस्था आएको बताउनुभएको छ ।

नेपाली काग्रेस बर्दियाले आईतबार बर्दियाको गुलरियामा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री देउवाले सरकारले अन्धाधुन्द तरिकाले कर बृद्धि गरेको आरोप लगाउनु भयो । गर्छु भन्ने तर केही नगर्ने कम्युनिष्ट सरकारको बानीले जनता मर्कामा परेको आरोप पनि उहाँको थियो ।

कार्यक्रममा महामन्त्री शशांक कोईरालाले बिदेश गएका युवाहरुलाई स्वदेशमा नै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सवै भन्दा पहिला देशमा रोजगारीको सिर्जना गर्नु पर्ने बाध्यात्मक स्थिति रहेको समेत बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका अन्य नेताहरुले सरकारले जनताको मन जित्न नसकेको भन्दै सरकार जनमैत्री हुनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV