२४ भाद्र २०७५, आईतवार

काठमाडौं, २४ भदौ । आगामी असोज ५ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘बाँध मायाले’मा समावेश ‘आउने जाने’ गीत सार्वजनिक भएको छ । यो गीतलाई दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाले स्वरबद्ध गरेका छन् । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नायक आर्यन अधिकारी, नायिका श्रृष्टी श्रेष्ठ, कलाकार राजाराम पौडेलको नृत्य हेर्न सकिन्छ ।

यो गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । रामहरी धिताल र विभिषिका श्रेष्ठले फिल्मलाई निर्माण गरेका हुन् । सह निर्माताको रुपमा महेन्द्र अधिकारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV