२४ भाद्र २०७५, आईतवार

काठमाडौं ।  डटेर सामना गर्नसके क्यान्सरलाई पनि जित्न सकिन्छ – यी शब्दहरु हुन अभिनेत्री मनिषा कोइरालाको । स्वयं पनि क्यान्सरलाई जितेर दोस्रो जीवन भोगिरहेकी कोइरालाले निराश र हतोत्साहित नहुनु पनि रोगविरुद्धको ठूलो जित भएको बताइन ।


क्यान्सरको उपचार त्यसबेला संभव हुन्छ, जब यसको यथाशीघ्र उपचार खोजिन्छ । क्यान्सरको लक्षण देखापर्नसाथ उपचार गरेमा, पुन सामान्य जीवन बिताउन सकिने कोईरालाको अनुभव छ । क्यान्सर लाग्दैमा कसैको मृत्यु हुन्छ भन्ने छैन । यदि समयमै उपचार गरियो भने, त्यसको जोखिमबाट सजिलै बच्न सकिने उनको भनाई छ ।

जिन्दगीमा धेरै अफ्ठ्रा पाटाहरु आउनु स्वभाविक भएको वताउदै अभिनेत्री कोइरालाले संघर्ष गर्न सक्नेले नै जीवनमा सफलता पाउने बताइन । क्यान्सर भएको व्यक्तिलाई परिवारको सहयोक एकदमै महत्व हुने गरेको बताइन्।

प्रतिक्रिया दिनुहोस्
LIVE TV