२४ भाद्र २०७५, आईतवार

विराटनगर ।  सेवाग्राहीबाट घुस लिने कर्मचारीलाई मेयरले समातेका छन् ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सेवाग्राहीबाट साढे ११ हजार रुपैयाँ घुस लिने कर्मचारीलाई समातेका हुन् ।
पराजुलीले घर जग्गा सम्पत्ति कर शाखामा कार्यरत् खरिदार तिलकमणि पाखरेललाई पक्राउ गरेका छन् ।

पाखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, इटहरीमा बुझाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV