२४ भाद्र २०७५, आईतवार

काठमाडौँ । बीएस बलामी र एस अधिकारीद्धारा संयुक्तरुपमा निर्देशित फिल्म कस्मिक लभ’को छायांकन अहिले रोकिएको छ । अन्नपूर्ण होटलमा तामझामका साथ कार्यक्रम गरि घोषणा गरिएको फिल्म ‘कस्मिक लभ’को करिब १० दिनको काम बाँकी रहँदा निर्माता जे गौतम सम्पर्क विहिन भएपछि यसको काम रोकिएको हो ।

बुझिए अनुसार फिल्म निर्माण गर्नु अगाडि कति बजेटमा कसरी बनाउने भन्ने आँकलन गर्न नसक्दा निर्माताहरु चलचित्र छायांकनको समयमा टाट पल्टिएर पछि छायांकन रोक्न वाध्य भएका छन् ।

बुझिए अनुसार यस फिल्मका लागि कलाकारलाई दिइएको पारिश्रमिक पनि निकै महंगो थियो । कलाकार प्रशान्त ताम्राकारलाई यसको निर्माणपक्षले करिव ११ लाख, अर्पण थापालाई दैनिक १ लाखका दरले त्यस्तै रविन तामाङलाई ८ लाख र नायिका दिया मास्केलाई ४ लाखको हाराहारीमै पारिश्रमिक दिइएको कुराहरु बाहिरा आएका छन् ।

यसरी, कलाकारलाई निकै महंगो पारिश्रमिक दिएर छायांकनमा अगाडि बढेको फिल्मको अहिले काम रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV