२४ भाद्र २०७५, आईतवार

काठमाडौं । नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ  । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो । त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाए ।

किन असुरक्षित नेपाली आकाश

सन् २०१८ हवाई सुरक्षाका दृष्टिकोणबाट असुरक्षित बनेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू यसलाई सेवामा भएको बढोत्तरीसँगै दुर्घटनाको दर पनि बढेको बताउँछन् । प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ भन्छन्, ‘नेपालमा हवाई सेवा संख्यात्मक रूपमा उल्लेख्य बढेको छ, त्यसकारण समग्र हवाई सुरक्षामा सुधार भइरहँदा पनि दुर्घटनाको दर बढेको हो ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV