२३ भाद्र २०७५, शनिबार

काठमाडौं, २३ भदौ । एयरलाईन्सहरुले सामान हराएर युत्रालाई दुःख दिएको देखाउँदै आएका छौं । महोत्तरी पिपराका गनौर महतो साउदीबाट आएको १ महिना भयो । तर उनको सामान आएन् ।

साउदीमा खेतमा काम गर्ने महतो, १६ वर्ष साउदी बसे । घर आउदा आफन्तहरुलाई धेरै सामान ल्याएका थिए, ७ ओटा त मोवाईलनै भएको उनि बताउँछन् । त्यस बाहेक परिवारका लागि लुगा, श्रीमतीका लागि साडीहरु, अनि मेकअपको सामान रहेको बताउँछन् ।

घर आएदेखि आफ्नो सुटकेस खोज्न तीन पटकसम्म काठमाडौं धाईसके । एयरलाईन्स कर्मचारीले सामान आउदैछ, आउँछ भन्दै यता उता पठाए । १ महिना बिताएर पनि सामान नआएपछि उनी आँखा भरी आँसु लिएर हाम्रो कार्यालय आईपुगे ।

यात्रा गर्दा कहिले काँही सामान हराउनु सामान्य होला तर त्यही सामान खोज्नलाई कसैलाई दुःख दिन कदापी पाईदैन् । २३ किलोको महतोको सुटकेसमा ३ लाख बढीका सामान भएको उनले दाबी गरेका छन् । उनीसँग हाम्रो टिम विमानस्थलमा रहेको एयर अरेवियाको कार्यालय पुगेपछि पहिलो पटक एयरलान्सका कर्मचारीले उनलाई क्षतीपुर्ती दिने कुरा गरे ।

एयरलाईनसका कर्मचारीका अनुसार बढीमा ६० हजार क्षतीपुर्ति दिने व्यवस्था भएको र महतोले पाउनु पर्ने क्षतिपुर्तीका बिषयमा हेडअफिसले टुंगो लगाउने कर्मचारीको भनाई छ ।

LIVE TV