२३ भाद्र २०७५, शनिबार

उदयपुर, २३ भदौ । नागरिकता नागरिकको पहिचान हो । त्यसैको माध्यमबाट उसले सम्बन्धित मुलुकमा आफ्नो हैसियद कायम गर्छ र सुविधाको उपभोग गर्छ । तर, उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा रहेका सदा समुदायले भने नागरिकता नभएकै कारण राज्यको सुविधाबाट बञ्चित छँदै छन्, नागरिकको पहिचानसमेत पाउन सकेका छैनन् ।

त्रियुगा नगरपालिका क्षेत्रमा करिव ३ सयको संख्यामा सदा समुदायको बसोबास छ । सीमान्तकृत यो समुदायको अहिलेको मुख्य समस्या भनेको नागरिकता हो । यहाँ अधिकांशसँग नागरिकता छैन । महत्व नबुझ्दा तथा नागरिकता बनाउन सामान्य खर्चको समेत जोहो गर्न नसक्दा यस समुदाय राज्यको पहुँचबाट टाढा छ । नागरिकताको महत्वबारे आवश्य परामर्शको अभावमा पनि उनीहरु पछाडि परिरहेका छन् ।

नागरिकता नहुँदा जग्गाको लालपूर्जा, जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता गर्न समस्या भएको छ । तराई क्षेत्रमा रहेका अति गरीव दलित समुदायका लागि बिभिन्न संघ संस्थाहरुले नागरिकता बनाउन अभियान नै सञ्चालन गरिरहेका हुन्छन् । यस्तो अभियान उदयपुरमा पनि जारी छ । यद्यपी स्वयम नागरिक नै त्यसप्रति तत्पर देखिँदैनन् । वषौंदेखि नागरिकता नभएको यो समुदायका लागि विशेष व्यवस्था गरी नागरिकता वितरण गरिएको जनप्रतिनिधिको भनाई छ ।

यता दलित अधिकारको क्षेत्रमा काम गर्दै आएको विभिन्न सघ संस्थाहरुले दलितहरुको समस्याको बिषयमा पहिचान गर्दै जादा तराईबासी दलितहरुमा नागरिकताको समस्या देखा परेकाले ६ महिनादेखि समस्या सामाधानमा लागि परेको दलित अधिकार सञ्जाल उदयपुरका अध्यक्ष सुमन परियारले बताए ।

दलित समुदायको नागरिकताको समस्या सामाधान गर्नका लागि दलित अधिकार संजाल, दलित गैरसरकारी संस्था महासंघले लगायतले गरेको सर्वेक्षण अनुसार त्रियुगा नगरपालिका क्षेत्रका १९ गाउँका ३५० बढीको नागरिकता छैन ।

 

LIVE TV