२३ भाद्र २०७५, शनिबार

काभ्रे, २घ भदौ । काभ्रेको पाँचखाल नगरपालिका–१२, कासकोटको तीनघरे छेउमा सहकारीको तीजको दर खाँदा बिरामी हुनेको संख्या ३ सय ७९ पुगेको छ ।

शुक्रबार ग्रामीण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा तीज विशेष कार्यक्रममा दर खाएका महिला र बालबालिका ‘फुड प्वाइजन’का कारण बिरामी पर्नेको संख्या ३ सय ७९ पुगेको हो ।

बिरामीमध्ये १ सय ३५ जना अझै अस्पतालमा उपचाररत छन् भने बाँकीको डिस्चार्ज गरिएको छ । धुलिखेल अस्पतालमा २१ जना, शिर मेमोरियल अस्पतालमा ५१ जना, प्राथमिक स्वास्थ्य केन्द्र पाँचखालमा ४४ जना, पाँचखाल सुदिप मेडिकलमा १६ जना र बनेपा हस्पिटलमा ३ जनाको उपचार भइरहेको छ ।

यता, दर खाँदा  प्रदेश नं ३ की सांसद गोमा भुर्तेल पनि बिरामी हुनुभएको छ । प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएकी भुर्तेलको पनि उपाचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV