२३ भाद्र २०७५, शनिबार

बंगलादेश । साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध ३३ औं मिनेटमा एक गोल गरेको छ ।

राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा जारी खेलमा बिमल घर्ती मगरले फ्रि किकमा गोल गरेको हो । बंगलादेशका गोलरक्षकले हातमै आएको बल पनि रोक्न सकेनन् ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । भुटानबिरुद्धको जितले नेपाली टोली उत्साहित छ ।

LIVE TV