२३ भाद्र २०७५, शनिबार

काठमाडौं, २३ भदौ । देशभर बढदो बलात्कारको विरोध र बलात्कारीलाई कडा सजायको माग गर्दै मेरो आफ्नै देशको अगुवाइमा काठमाडौंमा एक ¥यालीको आयोजना गरेको छ ।

नेपालमा बढ्दै गएको बलात्कारको घटना प्रति विरोध जनाउँदै तथा बलात्कारीलाई कडा भन्दा कडा सजायको माग गर्दै मेरो आफ्नै देश लगायतका संस्थाहरुको संयुक्त आयोजनामा ¥यालीको आयोजना गरिएको हो । बानेश्वरबाट सुरु भएको ¥याली रत्नपार्कमा पुगेर द्धिप प्रज्ज्वलन गरि समापन गरिएको थियो ।

बलात्कारको विषयमा वर्तमान सरकारले चासो नदिएको भन्दै आन्दोलनमा उत्रिनु परेको ¥याली सहभागिहरुले बताए । उनिहरुले बलात्कारीलाई अहिलेको कानुनले निरुत्साहित गर्न नसक्ने भन्दै कडा कानुन र त्यसको कार्यन्वयनमा सरकारलाई गम्भीर हुन आग्रह समेत गरेका छन् ।

पछिल्लो समय नेपालमा बलात्कारका घटना एक पछि अर्को गदै दिनानु दिन बढ्दै गएको तर सरकारले त्यसको नियन्त्रणमा कुनै पहल नगरेको उनीहरुको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV