२३ भाद्र २०७५, शनिबार

काठमाडौं, २३ भदौ । गोरखाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना हुदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ । एक यात्रु भने जिवितै उद्दार गरिएको छ । हेलिकोप्टरमा सवार आनी डोल्माको भने जीवितै उद्दार गरिएको छ ।

अहिले डोल्मको हेलिकोप्टरबाट मेडीसिटी अस्पताल ल्याइएको छ । अहिले उनी त्यहाँ उपचाररत छन् । नुवाकोटका मैलुङपाखामा अल्टिच्युड एयरको हेलिकोप्टर ९ एन(एएलएस नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सङचेत मैलुङपाखामा दुर्घटना भएको हो ।

सम्पर्कविहीन हेलिकोप्टर खोजीका क्रममा मैलुङपाखाको घनाजंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार दुर्घटनामा पाइलट निश्चल केसीका साथै यात्रीहरु डिल्लीबहादुर गुरुङ, छिरी शेर्पा, सुनिल लामा, छेवाङ नोर्वु लामा र जापानी नागरिक हिरोमी कोमात्सुको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV