२३ भाद्र २०७५, शनिबार
  • तारा आचार्य,

मोरङ, २३ भदौ । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकहरुले मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै स्थगित गरेको आन्दोलन अब दोहो¥याउनु नपर्ने बताउनु भएको छ ।

शनिवार विराटनगर स्थित कोशी अञ्चल अस्पतालको स्थलगत अनुगमन पछि सञ्चारकर्मीहरुसंग राज्यमन्त्री यादवले चिकित्सकहरुको माग स्वास्थ्य मन्त्रालयले ल्याएको जनस्वास्थ्य विधेयकमा सम्बोधन भईसकेकोले आन्दोलन गरिरहनु नपर्ने जिकिर गर्नुभयो ।

उहाँले सर्वोच्च अदालतको पछिल्लो आदेशले पनि मुलुकी फौजदारी संहिताबारे स्पष्ट पारेको बताउदै चिकित्सकहरुको माग सम्बोधन हुने र डराउनु नपर्ने अवस्था नरहेको बताउनु भयो ।

चिकित्सकहरुले भदौ २२ गते भित्र संशोधन पेश नगरिए स्थगित आन्दोलन पुनः सञ्चालन गर्ने चेतावनी दिएका थिए । राज्य मन्त्री यादवले कोशी अञ्चल अस्पतालको सेवा सुविधा बारे जानकारी लिदै सुलभ र छिटो स्वास्थ्य सेवा दिन चिकित्सक र कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV