
एजेन्सी, २३ भदौ । यसैबीच पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी कांग्रेसका मध्यावधि चुनावी अभियानमा पहिलो महत्वपूर्ण संलग्नता जनाएका छन् ।
आफ्ना उत्तराधिकारीप्रति एउटा आक्रामक भाषण गर्दै ओबामाले रिपब्लीकन पार्टीले सत्ताको दुरुपयोग गरेको, अमेरिकालाई विभाजित गरेको र लोकतन्त्रमाथि खतरा निम्त्याएको आरोप लगाएका छन् ।
इलिनर विश्वविद्यालयमा डेमोक्रेटिक पार्टीका समर्थकहरुलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति ओबामाले अमेरिकीहरु खतरनाक समयमा बाँचिरहेको बताए । ट्रम्प प्रशासनले विश्वव्यापी गठबन्धनलाई बेवास्ता गरेको र रुससँग नजिकिएको ओबामाको भनाई थियो ।