२३ भाद्र २०७५, शनिबार

काठमाडौं, २३ भदौ । फुटवेयर म्यानुफ्याक्चरिङ एशोसिएशन नेपालको नयाँ कार्यसमिति चयन भएको छ । एशोसिएशनको १७ औँ साधारणसभाबाट कृणकुमार फुँयाल अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

२१ सदस्यीय कार्य समितिमा २ जना सदस्य कार्यसमितिले पछि मनोनयन गर्ने एशोसिएशन नवनिर्वाचित महासचिव नबराज गौतमले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष फुँयालले फुटवेयर उद्योगमा पनि धेरै समस्याहरु रहेको त्यसको समाधानको उपायहरुको पनि खोजी गर्दै आइरहेको बताउनुभयो । उहाँले फुटवेयर उद्योगमा लाग्नुभएका सम्पूर्ण उद्योगीहरुको समस्या समाधानमा आफु सधै क्रियाशील भएर लाग्ने बताउनु भयो ।

फुटवेयर उद्योग नेपालमा पछिल्लो समय फस्टाउदै गइरहेको एशोसिएशनजनाएको छ । नेपालमा उत्पादित जुता चप्पल स्वदेश लगायत विदेशमा समेत माग भइरहेको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV