२३ भाद्र २०७५, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भदै ३० गते युरोप भ्रमणमा निस्कने भएका छन् । उनको यो भ्रमण १२ दिन लामो हुने पौडेलको निजी सचिवालयले जनाएको छ ।

नेता पौडेल बेल्जियम, लग्जेम्वर्ग, फ्रान्स, पोर्चुगल, स्पेन, स्विजरल्यान्ड, जर्मनी र नेदरल्यान्डमा जनसम्पर्क समितिले आयोजना गर्ने ८ वटा कार्यक्रममा सहभागी हुने बताइएको छ।

असोज १० मा उनी नेपाल फर्किने कार्यतालिका रहेको यो कार्यक्रको आयोजना भने कांग्रेसनजिकको जनसम्पर्क समितिले गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV